पोखरा । सङ्गीतकार अम्बर गुरूङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले ‘अमर गुरूङ राष्ट्रिय सङ्गीत पुरस्कार’ स्थापना गरेको छ । आगामी वर्षदेखि प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारमा ताम्रपत्र, दोसल्ला र दुई लाख रूपियाँ रहने छ । यसका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तश्रेष्ठको संयोजकत्वमा तीर्थ श्रेष्ठ सहसंयोजक र विव्रmम गुरूङ, आनन्द श्रेष्ठ, टोपबहादुर थापा, उषा शेरचन, अमृत गुरूङ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, प्रकाश ज्ञवाली, डा. चैचन्य अधिकारी, शिव त्रिपाठी, मोती भुजेल (परिवारका अध्यक्ष, पदेन) र एम.डी. काफ्ले (परिवारका सङ्गीत संयोजक, पदेन) सदस्य रहेको समिति गठन गरिएको छ ।
Facebook Comments Box