१३ माघ, पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको संझना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनायो । कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्राज्ञ प्रतिस्ठानका पुर्व कुलपति सरुभक्तले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवङ्गत स्रष्टाहरुको संझनामा श्रीपञ्चमीका दिन सामुहिक जयन्ती मनाउँदै आएको बताए । कलाकारहरुलाई बैशाखमा र संगीतकारहरुलाई महाशिवरात्रीमा स्मरण गरिदै आएको जानकारी दिए ।
३५ सालमा पहिलो पटक हामीले यो कार्यक्रम गर्दा रथमा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेका थियौं । मान्छेहरुको सहभागिता पनि उल्लेख्य थियो,’ सरुभक्तले सम्झिए, । ‘त्यो सुरुआत नै यो संस्थाको ऐतिहासिका कार्यक्रम थियो । श्रीपञ्चमीका दिन सरस्वतीको आराधाना गरिने हुँदा सिर्जनामा लाग्ने साहित्यकारहरुलाइै सामूहिक रुपमा स्मरण गर्नु सान्दर्भिक भएको बताए । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीचको पुलको काम गर्ने बताए । प्राज्ञ रमेश श्रेष्ठ, हनिफ मिया, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, लक्ष्मण थापा, ई. कौशलचन्द्र जि.सी., मोती भुजेल, शिव त्रिपाठि, प्रकाश आचार्य, शिव संकल्प, हसिना वस्नेत, बिकासरोका मगर, एम.डि. काफ्ले, मिलन गिरि मुक्तिनाथ अधिकारी लगायतका कविहरुले दिवगंत स्रस्टाका सिर्जनाहरु वाचन गरेका थिए । संस्थाका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्य संयोजक शरण आंशुले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

 

Facebook Comments Box

Similar Posts