२८ फागुन, काठमाडौँ । पहिचानका लागि महिला आवाजू नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नवीनतम तीन बाल कृति बाटुली(कथासङ्ग्रह), मान्या मेरी छोरी(कथासङ्ग्रह) र जूनतारा (कवितासङ्ग्रह) माथि जुम प्रविधि मार्फत विमर्श कार्यक्रम सम्पन्न भएको छ । भुँडी पुराण प्रकाशनबाट प्रकाशित बाटुली र जूनतारा तथा अक्षरधाम प्रकाशनबाट प्रकाशित मेरी छोरी मान्या माथि भएको विमर्श कार्यक्रमलाई प्यानल डिस्कशनको नाम दिइएको थियो । उक्त डिस्कशनमा लेखक स्वयं इन्द्रकुमार श्रेष्ठ सरित् सहित रञ्जुश्री पराजुली, छायाँदत्त नेउपाने, र ज्ञाननिष्ठ ज्ञवालीको सहभागीता रहेको थियो ।

विमर्शको क्रममा साहित्यकार सरितले आफूले बालबालिकाका लागि एकादेशको कथा नलेखेर यथार्थको धरातलमा कथाहरुको सिर्जना गरेको बताएका थिएभने अन्य सहभागी बक्ताहरुले विशेषतस् इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै बालबालिकालाई मिहिनेती र संघर्षशील हुनुपर्ने नैतिक शिक्षा र सन्देश रहेको राम्रो पक्ष रहेको विषयमाथि प्रकाश पारेका थिए ।

सरितको कृतिमाथि प्रकाश पार्ने तथा शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य बक्ताहरुमा साहित्यकार लक्ष्मी उप्रेती, सरस्वती श्रेष्ठ सरु, बोधराज पौडेल, इन्द्रप्रसाद अधिकारी, चन्द्रप्रसाद अधिकारी, सुमन वाङ्देल, रश्मि शर्मा , केशव पराजुलीआदि रहेका थिए ।

संस्थाका उपाध्यक्ष अनुराधा खकुरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमूख अतिथिको रुपमा सम्बोधन गर्दै प्रा. डा. ध्रुव घिमिरेले सरितको बाल साहित्य लेखनमाथि प्रकाश पार्दै आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष सुधा मैनालीले कार्यक्रमको सञ्चालिका तथा मोडरेटरको भूमिका निर्वाह गरेकी थिइन् ।

Facebook Comments Box

Similar Posts