भदौ २३, पोखरा — अवकाशप्राप्त भारतीय सैनिक एवं लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा शनिबार गृहलोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा संस्मरण कृतिको गृहलोकार्पण गरे ।

लोकार्पण कार्यक्रममा उनले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने बताए । उनले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको चर्चा गरे । ‘लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो छ,’ उनले भने, ‘अमृतको आगमनपछि पोखराबाट पनि नेपाली साहित्यमा लाहुरे जीवनको प्रवेश भएको छ ।’ नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

कृति समीक्षा गर्दै जीवनसागर भण्डारीले संस्मरणमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको उनले सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी १२ शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे । ‘प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिन्छ,’ उनले भने, ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।

लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे । सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको उनको भनाइ थियो । कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसन्स्का प्रबन्ध निर्देशक विनय दत्तलगायतले कृतिमाथि चर्चा गरे । कार्यक्रममा आयोजक पुछारसिटे अभियानका अध्यक्ष सञ्जीव पौडेलले लेखक अमृतको व्यक्तित्वमाथि प्रकाश पारे । उक्त कृतिको हालै सम्पन्न भएको काठमाडौं कलिङ साहित्य महोत्सवमा पहिलोपल्ट विमोचन भएको थियो ।

लोकार्पण कार्यक्रममा उनले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने बताए । उनले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको चर्चा गरे । ‘लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो छ,’ उनले भने, ‘अमृतको आगमनपछि पोखराबाट पनि नेपाली साहित्यमा लाहुरे जीवनको प्रवेश भएको छ ।’ नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

लोकार्पण कार्यक्रममा उनले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने बताए । उनले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको चर्चा गरे । ‘लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो छ,’ उनले भने, ‘अमृतको आगमनपछि पोखराबाट पनि नेपाली साहित्यमा लाहुरे जीवनको प्रवेश भएको छ ।’ नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

Facebook Comments Box

Similar Posts