साउन २०, काठमाडौँ । घुम्ती कविगोष्ठी नेपालको १२८ औँ काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बौद्ध चिल्ड्रेन हेभेन स्कुल, रामहिटीको नवनिर्मित हलमा सञ्चालन भएको यो कार्यक्रमका सभापति त्यही विद्यालयका प्राचार्य ललित शर्मा हुनुहुन्थ्यो भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’ हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा ढुण्डीराज मरासिनी, दुर्गा अधिकारी भमरकोटे, चुडाराज न्यौपाने, सुरेशचन्द्र घिमिरे र विद्यालयका संस्थापक व्यक्तित्वहरू रहनुभएको थियो ।

घुम्ती कविगोष्ठी नेपालका पूर्व अध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको यस कार्यक्रममा रचना वाचन गर्नेमा बौद्ध चिल्ड्रेन हेभेन स्कुलका विद्यार्थीहरू सुनिष्का चौलागाईं, अनुसुया सापकोटा, आर्या ढकाल र जस्मिन गुरुङ हुनुहुन्थ्यो भने अन्यमा रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, रामकुमार पण्डित, मिना शाह, शारदा पराजुली, भोलानाथ सुवेदी, सुरेशचन्द्र घिमिरे, ढुण्डीराज मरासिनी, दुर्गा अधिकारी भमरकोटे हुनुहुन्थ्यो । त्यसै गरी प्रमोद भण्डारी, सुमित्रा श्रेष्ठ, माधव बिडारी, चुडाराज न्यौपाने, विमल अर्याल, सुशील आचार्य, विमल कोइराला, पुरुषोत्तम ढुङ्गेल, कात्यायन, परशुराम पराशर, निबन्ध आचार्य र तोयानाथ तिवारीले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले कविताको सामान्य समीक्षा गर्दै आफ्नो रचना वाचन गर्नुभएको थियो । सभापति ललित शर्माले कार्यक्रमको मिठासको तुलना गर्नै नसकिने अवस्था रह्यो भन्नुहुँदै विद्यालयको नवनिर्मित हलको नामकरण ‘मुनामदन’ हल भनी सार्वजनिक घोषणा गर्नुभयो । वहाँले यस्ता कविगोष्ठीहरूले विद्यार्थी लगायत अन्यमा पनि ऊर्जा दिने भएकाले सहयोग गर्न प्रतिबद्ध रहेको सुनाउनुभयो । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको स्वागत मन्तव्य र रचनावाट सुरु भएको यो कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य व्यक्त गर्नुहुने घुम्ती कविगोष्ठी नेपालका कोषाध्यक्ष रामचन्द्र दाहालले घुम्ती कविगोष्ठी नेपालका आजीवन सदस्य हुनुहुने ललित शर्मा, वसन्त ढकाल, ढुण्डीराज मरासिनी, नारायण नेपाल, चुडाराज न्यौपाने, डा. भेषराज अर्याल, कात्यायन, माधव बिडारी र ढुण्डीराज पोखरेललाई धन्यवाद दिँदै विद्यालय, विद्यालयका संस्थापकहरू, विद्यालयका प्राचार्य, अतिथिलगायत कवि एवम् श्रोता सबैलाई धन्यवाद दिनुभयो ।

Facebook Comments Box

Similar Posts