जेठ २६, काठमाडौं । साहित्यकार दिव्य गिरीद्वारा लिखित कथा संग्रह “ईश्वरको अनुहार” माथिको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा प्रा. डा. सुरेन्द्र केसीको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा कृतिकार गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शब्दपथ मासिकद्वारा आयोजित उक्त कार्यक्रममा किशोर पहाडी, भवानी खतिवडा, अनिता तुलाधर, प्रा.डा. अञ्जना वस्ती भट्टराई, सनत रेग्मी र विमल भौकाजीले समीक्षात्मक धारणा राख्नुभएको थियो  । कार्यक्रममा बोल्नुहुने वक्ताहरुले संग्रहभित्रका कथाहरु घटनाप्रधान र यथार्थपरक रहेको बताउनुभयो । कथामा प्रस्तुत  बिषयवस्तु, घटना र चरित्रहरु मार्फत पाठकहरुलाई बाँधेर राख्न सक्नु संग्रहको सबल पक्ष रहेको धारणा वक्ताहरुले राख्नुभयो  । उहाँहरुले शुद्धाशुद्धि तर्फ ध्यान दिनसके कृति अझ सुन्दर हुने सुझाव समेत दिनुभयो ।

कृतिको सभापतित्वमा सम्पन्न गरि नविन प्रयोगका साथ आयोजित कार्यक्रमको संचालन मुरारी सिग्देलले गर्नुभएको  थिए ।

समालोचक ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित गिरीको कथा संग्रहमा १९ ओटा कथा रहेका छन् ।

Facebook Comments Box

Similar Posts