भदौ २, काठमाडौँ । साहित्यकार देविका तिमिल्सिनाद्वारा लिखित “अन्त्य कहाँबाट सुरु हुन्छ ?”  कविता सङ्ग्रह विमोचन भएको छ । नेपाल स्रष्टा समाजले अनामनगर स्थित सामाजिक विकास समाजको भवनमा आयोजना गरेको एक कार्यक्रममा उक्त पुस्तक विमोचन भएको हो ।

वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले विमोचित पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकारहरू मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्य कुमारी पाठक तथा पवन आलोकले शुभकामना मन्तव्य राखेका थिए।
विमोचित पु्स्तकबाट साहित्यकार चेतनाथ कँडेल हरितले एउटा कविता वाचन गरेका थिए भने कृतिकार तिमिल्सिनाले आफ्नो कृतिका बारेमा प्रकाश पारेका थिए। उपन्यासकार शङ्कर भारतीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन समाजका सदस्य मधु पाठकले गरेका थिए ।

Facebook Comments Box

Similar Posts