भदौ ३, मकवानपुर । लघुकथा चौतारी मकवानपुरले आयोजना गरेको पर्यालघुकथा प्रतियोगितामा तीन लघुकथाकार उत्कृष्ट लघुकथाकारमा छनोट भएका छन्। प्रतियोगितामा लघुकथाकार टंकबहादुर आले मगर, बोधराज प्याकुरेल र शान्ता तिम्सिना उत्कृष्ट पर्यालघुकथाकारमा परेका छन्।

त्यस्तै लघुकथा चौतारी मकवानपुरले पर्यावरणसम्बन्धी चेतनामूलक लघुकथा लेख्ने दश कथाकारकाे छनाेट गरेका छन्। जसमा इन्दिरा चापागाई, कर्णदयाल सोराडी, गणेशकुमार श्रेष्ठ, नारायण कोइराला, निर्मला बराल, मुना अर्याल, राजु झल्लुप्रसाद, लता केसी, सीता रेग्मी र डा. हिमलाल श्रेष्ठ रहेका छन्।

लघुकथा चौतारी मकवानपुरले पर्यावरण एवं वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साउनभर लघुकथा चौतारीको ग्रुपमा पर्यालघुकथा प्रतियोगिता चलाएकाे थियो।

लघुकथा चौतारीका व्यवस्थापक किशन पौडेल कार्यक्रम संयोजक रहेको प्रतियोगिताको निर्णायक संयोजकमा वरिष्ठ कथाकार खेमराज पोखरेल र सदस्यहरूमा दीपक लोहनी  र मनिषकुमार शर्मा समीत रहेका थिए।

प्रतियाेगितामा विषयवस्तु, कथा चेत, नवीनता, पर्यावरण सन्देश सबै किसिमले उत्कृष्ट भएका लघुकथाकारहरूलाई छनोटमा पारेको निर्णायक संयोजक खेमराज पोखरेलले बताए।

लघुकथा चौतारी मकवानपुरका सचिव श्याम श्रेष्ठले चाँडै उत्कृष्ट तीन लघुकथाकारलाई नगद र सम्मानपत्र र बाँकी दश लघुकथाकारलाई सम्मानपत्रद्वारा सम्मान गरिने बताए। उक्त पर्यावरण अभियन्ता विजय हितानकाे आर्थिक सहयोगमा प्रतियोगिता भएकाे  चौतारीका सचिव श्रेष्ठले बताए।

Facebook Comments Box

Similar Posts