भदौ ४, पाँचथर । पाँचथर गजल मञ्चले झापा दमकका गजलकार लोकेन्द्र बञ्जारालाई नवाैँ ऐतराज केरुङ स्मृति पुरस्कार प्रदान गरिने भएको छ । मोती जयन्तीको अवसर पारेर उक्त पुरस्कार वर्षेनी वितरण गर्दै आएको आयोजकले जनाएका छन् ।

ऐतराज केरुङ स्मृति गजल मञ्चले गठन गरेको पुरस्कार छनोट गरेको समितिले ८ हजार ८ सय ८८ रुपैयाँ राशीको उक्त पुरस्कार बञ्जारालाई प्रदान गर्ने निर्णय गरेको हो ।

सो पुरस्कार भदौ २८ गते मोती जयन्तीको अवसर पारेर वितरण गरिने मञ्चका अध्यक्ष तथा साहित्यकार सन्देश सुब्बाद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ । उक्त पुरस्कार ९ वर्ष अघिदेखि साहित्यमा कलम चलाउनेलाई वितरण गरिँदै आएको छ ।

 

Facebook Comments Box

Similar Posts