भदौ ६, काठमाडौं । आठौँ तामाङ ज्ञान महोत्सव यहि भदौ ६ र ७ गते हुने भएको छ । प्रत्येक वर्षको भदौ ६ गते तामाङ पहिचान दिवसको अवसरमा ज्ञान महोत्सव हुँदै आएको छ । वि.स.१९८९ साल भदौं ६ गते तत्कालीन प्रधानमन्त्री भीम शमशेरले तामाङ लेख्न–लेखाउन इस्तिहार जारी गरेकोले सो दिनलाई पहिचान दिवसको रुपमा मनाइदै आइएको छ ।

पहिलो दिन महोत्सवको उद्घाटन, पन्ध्रवटा कार्यपत्रहरु प्रस्तुत हुने र प्यानल छलफल हुनेछ । साथमा विद्धत प्रवचन पनि हुँदैछ । विद्धत प्रवचन प्रा.डा.महेन्द्र लावती, सिके लाल र दिनेशराज पन्तद्वारा हुनेछ ।

त्यही पहिचान दिवसको उपलक्ष्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय संस्थाहरुको संयुक्त आयोजनामा ज्ञान महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवलाई सैलुङ अनलाइन लगायतका मिडियाले लाइभ गर्नेछ ।

महोत्सवलाई सफल बनाउन आ–आफ्नो तप्काबाट सहयोगको लागि आठौं तामाङ ज्ञान महोत्सव मूल आयोजक समितिका संयोजक निष्णु थिङले अनुरोध गरेका छन् ।

Facebook Comments Box

Similar Posts