असोज १, काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ईरा विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो ।

विमोचन समारोहमा समाज शास्त्री डा शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाज शास्त्री डा शोभा ढुङ्गानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् । समाजमा कतिपय पात्रहरूले आफ्नो महत्त्व बुझ्न नसकेको अवस्थामा शर्माले पुस्तकमा लेखेको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताइन् ।

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए । उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए ।

अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बधाई दिँदै पुरुष भएर पनि महिलाको विषयमा जुन हिसाबले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन् ।

कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।

उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने, पुस्तकलाई बजारमा विएन पुस्तकले ल्याएको हो । कफी यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रहेको छ । शर्माको पहिलो उपन्यास रूखहरूको मृत्यु बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए ।

Facebook Comments Box

Similar Posts