भाद्र ७, काठमाडौँ । बालसाहित्य समाजका पूर्वअध्यक्ष एवं बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ । राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको एक सय ४७औं जन्मजयन्तीका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल बालसाहित्य समाज र ह्युमानिज्म एन्ड जयपृथ्वीबहादुर फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा चित्रकलातर्फको पुरस्कार आश्रिती श्रेष्ठ र साहित्यतर्फको पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति भूपाल राईले उनीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

Facebook Comments Box

Similar Posts