फागुन २१ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको चौधौँ स्थापना दिवस तथा पुस्तक लोकार्पण एवम् पुरस्कार अर्पणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक प्रह्लाद चालिसेको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार रोचक घिमिरे हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा वागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय रामेश्वर फुयाँल, प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्त र पूर्व सचिव गोपी मैनाली हुनुहुन्थ्यो । त्यसै गरी अतिथिहरुमा श्रीहरि फुयाँल, रामप्रसाद पन्त, हरिभक्त सिग्देल, कलानिधि दाहाल, कणाद महर्षि, ठाकुरप्रसाद शर्मा, चेतनाथ धमला, पवन आलोक, रमेशजङ्ग थापा, मञ्जुश्री प्रधान, शीतल गिरी, गोविन्द घिमिरे वेदमणि, युवराज मैनाली, गङ्गा पौडेल कर्माचार्य, नवराज पुडासैनी, जय छाङ्छा, विमल अर्याल, वसन्त रिजाल र हरिप्रकाश पुडासैनी हुनुहुन्थ्यो ।कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको अत्मकथा ‘जीवनका वक्ररेखा’ र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको उपन्यास ‘अर्को संसार’ पुस्तक लोकार्पण भएको थियो भने त्यसपछि पुरस्कार अर्पणको कार्यक्रम सम्पन्न भएको थियो । सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने पुरस्कारहरुमा सुरभि–गुरुप्रसाद मैनाली आख्यान पुरस्कार वरिष्ठ कथाकार मधुवन पौडेललाई, सुरभि–बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार नारायण ढकाललाई, सुरभि–अच्युतराम लघुकथा पुरस्कार वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार कथाकार दिव्य गिरीलाई र सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार रुकु कार्कीलाई प्रदान गरिएको थियो । पुरस्कारमा प्रमाणपत्र, दोसल्ला र नगद क्रमशः रु. २५००५।–, २५००५।–, १०००५।–, १०००५।– र १०००५।– प्रदान गरिएको थियो ।कार्यक्रममा लोकार्पित पुस्तकमाथि समालोचक युवराज मैनालीले विजय चालिसेको पुस्तकमा, गोपी मैनालीले बाजुराम पौडेलको पुस्तकमा र ठाकुरप्रसाद शर्माले दुवै जनाको पुस्तकमा समीक्षा गर्नुभएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्यका साथ सुरु भएको कार्यक्रममा पहिला नियमित कथावाचन भएको थियो । कथा वाचन गर्नेहरुमा रमेशजङ्ग थापा, ध्रुव मधिकर्मी र समिना खनाल पृथा हुनुहुन्थ्यो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले धन्यवाद मन्तव्य दिनुभएको यस कार्यक्रमलाई सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुको तथा अतिथिहरुको मन्तव्य पछि कार्यक्रम समापन भएको थियो ।

Facebook Comments Box

Similar Posts