भदौ ९, पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को आज पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन्।

उक्त अवसरमा साहित्यकार सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहत्यकार ईश्वरमणिको यो चौथो कृति हो मुक्त संग्रह । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह प्रकाशन भइसकेका छन् ।

शुरुमा जतिबेला म सार्वजनिक पुस्तकालयकाे अध्यक्षा थिएँ साे समयमा अधिकारीकाे एउटा हिमाल आरोहीकाे जीवनीमा आधारित पुस्तक प्रकाशन भईसकेकाे छ । उक्त पुस्तक तत्कालिन समयमा कुमुदिनी हाेम्समा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी अरिबन तिमिल्सिनाकाे जिवनीमा लेखिएकाे मलाइ थाहा छ ।

पोखरा मुक्तकको शहर हो । यहाँ मुक्तकका कर्महरु हुनु पनि स्वाभाविकै हो । सरुभक्तले भने, यस्ता असल कृतिहरु आईरहनु पर्छ ।

कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने छैन र हुन्नन् पनि तर एक दुईटा असल सिर्जना भए असल र कृति उत्तम भईहाल्छ उनले भने । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरु साहित्य लेखनमा पनि उत्तिकै निपूर्ण छन् भन्ने कुरा गणितका विज्ञ डा.अधिकारीको कृतिबाटै प्रस्ट भएको छ ।

प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरुलाई बुझ्न आवश्यक भएको बताए ।

साहित्यकार, संस्कृतिकर्मि तिर्थ श्रेष्ठले मुक्तक मक्त हुन्छ । यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्च भन्ने कुरा गलत हो । श्रेष्ठले भने, यो दुई लाईनको पनि हुनसक्छ वा चार, सात लाईनको पनि हुनसक्छ । तर हुनुपर्ने चाँही भाव र चोटिलो प्रहार यसको गुण हो । अधिकारीका मुक्तकहरुमा रुवाईया शैली अपनाएकाे भएपनि अब्बल भएको बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने बताए ।

कृतिकार ईश्वरमणि अधिकारीले ३० वर्षको अवधिमा लेखेर थन्किएका मुक्तकहरुबाट छानेर सम्बोधिका प्रकाशन गरेको बताए । मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेकाे छु। तर बेईमानीलाई अस्वीकार गरेको छु । उनले भने, मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरुमा सच्याउनु पर्छ । सो अवसर’मा उनले छिट्टै अर्को पुस्तक निकाल्ने र पाण्डुलिपि पनि तयार भएको जानकारी दिए ।

कार्यक्रममा कवि जीवनसागर भण्डारीले अधिकारीको परिचय विवरण प्रस्तुत गरेका थिए भने कवि प्राञ्जलले उनका केहि मुक्तक वाचन गरेका थिए । कृतिको बारेमा कवि संजिव पौडेलले समिक्षा गरेका थिए ।

सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, प्राज्ञ, बिम्ब कवि रमेश श्रेष्ठ, गजलकार दीपक समिप, सरस्वती प्रतिक्षालगायतले शुभकामना व्यक्त गर्दै विषय विज्ञताका साथमा साहित्य लेखनमा अधिकारीकाे कर्मले नेपाली साहित्यमा योगदान पुगेको बताए ।

१२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । यसअघि कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई संस्थाकी उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत, संस्थाका सचिव चैतन्य अधिकारीले सञ्चालन र अध्यक्षता अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए ।

Facebook Comments Box

Similar Posts