माघ २५, पोखरा । साहित्य पारखीहरूको उत्सवको रूपमा चिनिएको ‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ । बुकवर्म फाउन्डेसनले प्रत्येक वर्ष पोखरामा साहित्य महोत्सव आयोजना गर्दै आएको छ ।

११औँ संस्करणको यो महोत्सवलाई सूर्य नेपालले प्रायोजन गरेको छ । महोत्सवको नाम ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल’ राखिएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति हुने जानकारी दिएको छ ।

Facebook Comments Box

Similar Posts