भदौ २१, काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाहरूको सम्मान गर्दै तिनको प्रोत्साहनका लागि स्थापना गरेको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ तथा ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ को घोषणा गरेको छ ।
परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै ‘लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय) आख्यानकार रामलाल जोशीको कृति ‘बाआमा’लाई र ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार’ लालबन्दी सर्लाहीका देवराज पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार भाषा तथा साहित्य पुरस्कारकासाथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिने छ । स्थानीय प्रतिभा पुरस्कारका साथ नगद राशि १० हजार रुपैयाँ प्रदान गरिने छ ।
दुवै पुरस्कार आउँदो कार्तिक १८ गते सर्लाहीमै प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।