असोज ५, काठमाडौं । ‘भूगोल साहित्य समाज’ले २०८० सालको ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार गजलकार एवम् अनुवादक रामबहादुर पहाडीलाई प्रदान गर्ने भएको छ ।

गत वर्षदेखि प्रदान गर्न सुरु भएको यो पुरुस्कार पहिलोपटक इतिहासकार एवम् प्रशिद्ध नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।
संस्थाका आजीवन सदस्य एवम् कार्यसमिति सदस्य ओम आचार्यले स्थापना गरेको उक्त पुरस्कारकासाथ नगद राशी २५ हजार २५ रुपैयाँ प्रदान गरिन्छ ।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार समर्पण गर्ने जनाएको छ ।

Facebook Comments Box

Similar Posts