असोज ६, काठमाडौं । आख्यानकार विश्व कुइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो ।

एक व्यक्तिले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयबस्तुमा कृति तयार पारिएको छ ।

यसअघि सुगन्धपुर कथा सङ्ग्रहमाथि सकारात्मक प्रतिकृया प्राप्त भएका कारण ‘गोपीचा’ तयार भएको लेखक विश्वले बताए । कार्यक्रममा आख्यानकार नारायण ढकालले काँठको चरित्रलाई समेत टिपेर ‘गोपीचा’को जातीय विरोधलाई आम पाठकसमक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दख्खल भएको बताए ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

Facebook Comments Box

Similar Posts