असोज २१, काठमाडौँ । प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा प्रेमध्वज प्रधान सम्मान एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले उदघाटन गरेको सो कार्यक्रम प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै सम्मानितहरूको परिचय गराएका थिए।

कार्यक्रममा वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीला, वरिष्ठ संगीतकार प्राज्ञ प्रदीप बमजन, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कलाकार रमेशनाथ खनाल, नायकहरू कृष्ण मल्ल र रविन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, विश्व कीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय, कवि एवं समाजसेवी विसन थापा, पत्रकार एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरू जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी र लाक्पा फुटी शेर्पा सम्मानित भएका थिए।

यसैगरी बुद्द शान्त पार्क निर्माणमा सहयोगी हातहरू: समाजसेवी शंकरराज पाण्डे, विनन्द वैद्य, सुन्दर श्रेष्ठ, सुर्जुदेवी बज्राचार्य, रुकशाना महर्जन, गणेशमाया महर्जन, राम श्रेष्ठ, मंगलदास श्रेष्ठ, कल्याण दवाडी रजनी मल्लीलाई पनि कदरपत्र प्रदान गरिएको थियो।

राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष शान्तबहादुर शाक्य, सर्जकहरू प्राज्ञ उन्नती बोहरा शीला, प्राज्ञ प्रदीप बमजन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिंखडा, अशोक प्यासी राई र देवीभक्त श्रेष्ठले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम दुई चरणमा भएकाे थियाे। कार्यक्रमको दोस्रो सत्रमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। पहिलाे सत्र कवि मुरारि सिग्देलले र दाेस्राे सत्र कुसुम बज्राचार्यले संचालन गरेका थिए।

Facebook Comments Box

Similar Posts