मंसीर ९, काठमाडौं । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन् । सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन् ।
काठमाडौं । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन् । सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन् ।
“विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो । उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो,” लेखक मञ्जुश्रीले भनिन्, “पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर, नजिकबाट लेख्न मिल्छ । उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट यस उपन्यासमा दर्साउनुभएको छ ।”
पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको छ । पुस्तकमा पात्रहरू एकै उमेरका रहेको र जसले के गर्दा ठिक, के नगर्दा ठिक भन्ने उमेरका युवाहरूको चित्रण गर्ने उनको भनाइ छ ।