पुस १८, काठमाडौं । चर्चित तीन कविहरू मेघराज मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठको संयुक्त कविताकृति ‘आमा’ एक समारोहबीच लोकार्पण भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमालगायतले आमामाथि केन्द्रित कविताहरूको सँगालो सार्वजनिक गरे । माथेमाले तीनै कविहरूको प्रसंशा गर्दै यस संग्रहभित्र आमासँगै प्रकृतिको वर्णनले कवितालाई सुन्दर बनाएको बताए ।

कार्यक्रममा कवि मञ्जुलले आमामाथि लेखिएका कविताहरू प्रकाशनका लागि गौतम र श्रेष्ठसँग सल्लाह गरेपछि यो कृति आएको बताए । कवि श्रेष्ठले आमामाथि युगौँदेखि कविता लेखिँदै आएको बताउँदै कृति प्रकाशनबारे जानकारी दिए ।

कवि गौतमले कविताकृति प्रकाशनका विषयमा चर्चा गरे । सो अवसरमा तीनै कविले दुई–दुईवटा कविता वाचन गरेका थिए ।

नेपाली लेखक संघद्वारा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरू माया ठकुरी, डा. रत्नमणि नेपाल, समाजसेवी दुर्गा घिमिरे र सन्ध्या पहाडीले बोलेका थिए ।

कृतिभित्र मञ्जुल र गौतमका २०/२० र श्रेष्ठका १५ कविता समेटिएका छन् ।

Facebook Comments Box

Similar Posts