जेठ २३,  काठमाडौं । आज २०८१ साल जेठ २३ गते बुधबार पर्यावरण दिवको उपलक्ष्यमा पशुपति क्षेत्रको किरातेश्वर मृगस्थिलीस्थित सत्य सनातन बाबाको कुटीमा डेढ दर्जन कविहरुले पर्यावरण सम्बन्धी कविता पाठ गर्नुभयो । शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शब्दाङ्कुरका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले आज पाठ गरिने पर्यावरण सम्बन्धी विषयमा लेखिएका कविताहरुलाई अङ्ग्रेजी भाषामा समेत अनुवाद गरेर शब्दाङ्कुरमा प्रकाशन गरिने जानकारी गराउँदै यस किसिमको काव्य गोष्ठीका परिकल्पनाकार कवि विश्व सिग्देलले गर्नुभएको कुरा व्यक्त गर्दै यसलाई भविष्यमा निरन्तरता दिन पनि सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

कविता पाठ गर्नुभन्दा पहिले धीरकुमार श्रेष्ठ, विश्व सिग्देललगायतले सत्य सनातन कुटीभन्दा माथिको जङ्गलमा एउटा पीपलको बोट पनि रोप्नुभयो ।

आजको यस कार्यक्रममा राजधानी र बाहिरबाट समेत आउनुभएका कविहरु क्रमशः भीष्म उप्रेती, दिव्य गिरी, रोशन शेरचन, धीरकुमार श्रेष्ठ, रामगोपाल आसुतोष, राधिका कल्पित, विनिशा सापकोटा, मनोज न्यौपाने, प्रेमिला राई, पुरुषोत्तम घिमिरे, कञ्चन जीआर मगर, श्रीराम दाहाल, सञ्जय सुमन, चन्द्रबहादुर लामा, शैलेन्द्र सिग्देल, विश्व सिग्देल र रमी प्रियाले पर्यावरण सम्बन्धि कविता र मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कवि चन्द्रबहादुर लामाले अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको कविता मध्ये भीष्म उप्रेती, धीरकुमार श्रेष्ठ र रोशन शेरचनको कविता आपैmले वाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै सत्य सनातन बाबाले प्रकृतिमाथि जथाभावि आक्रमण गरेर वन विनास गर्नु सम्पूर्ण मानव सम्भ्यतालाई नष्ट गर्नु हो भन्ने विचार व्यक्त गर्दै पृथ्वीमा रहेका आकाश, बायु र जल पनि प्रकृति हुन् र यिनको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको छ भन्नुभयो । त्यसैले हरेक वर्ग र क्षेत्रबाट प्रकृतिमाथि भइरहेको जथाभावि गतिविधिको अन्त्य गर्दै स्वाधिनता, वैभव र समृद्धिको निम्नि सबैले कार्य गर्नुपर्दछ भन्नुभयो ।

आजको यस कार्यक्रममा सञ्चार माध्यमसँग सम्बन्धित व्यक्तीहरु, काव्य प्रेमीका साथसाथै नवीन थापा, अर्जुन भुसाल, रामचन्द्र राई, राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमलाई रमी प्रियाले सञ्चालन गर्नुभएको थियो भने बाँसुरीवादक विमल कार्कीले काव्य पाठको समयमा बाँसुरीको धुन प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box

Similar Posts