जेठ २७, काठमाडौं । शान्तिनगर उपभोक्ता समितिको धर्मशालाको सभाहलमा “शान्तिको सन्देश” कार्यक्रमको ६५ औँ श्रृङखला साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
साहित्यिक रचना वाचन कार्यक्रमका रुपमा २०७४ सालदेखि नियमित हुँदै आएको यो कार्यक्रम कोभिडका बिचमा केही समय रोकिइ पुन सुचारु भएको कुरा आयोजकहरुले बताए ।
शान्तिनगर उपभोक्ता समितिका उपाध्यक्ष गोविन्दराज भट्टराईको सभाध्यक्षता एवम् साहित्यकार डा.रमेश शुभेच्छु ज्युको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट साहित्यकारहरुको उपस्थिति थियो । हरि प्रसाद पाण्डेय, अच्युत पौडेल चिन्तन, त्रिलोचन आचार्य ,बिनोद दहाल बत्स,रामचन्द्र दहाल,रमेशप्रसाद खनाल, यदुनाथ कोइराला, दुर्गाप्रसाद अधिकारी भमरकोटे, निबन्ध आचार्य, यदुनाथ वसन्तपुरे, धरेन्द्र बरालका साथै विभिन्न विद्यार्थी भाइवहिनीहरु सहभागी थिए । कार्यक्रममा सहभागी कविहरुका साथै देवकी खतिवडा, अनुक्रमा पाण्डे, कुमार निरौला, वासुदेव आचार्य, निष्ठा शाक्य, अमृतप्रसाद पौडेल, जमुना आचार्य, पुष्पा दाहाल, जीविका काफ्ले, रामचन्द्र दाहाल, भावना बराल, दिवाकार न्यौपाने, शिवराम घिमिरे, स्वएशा लुइटेल, इक्सन मगर लगायतका विभिन्न पुस्ताका दुई दर्जन भन्दा धेरैले रचना वाचन गर्नुभएकाो थियो ।
कार्यक्रमका प्रमुख अतिथि शुभेच्छुले मोटामोटी त्यहाँ प्रस्तुत रचना शैलीका दृष्टिले हास्यव्यङ्ग्यात्मक र चिन्तन मूलक भएको बताउनुभयो । त्यसै गरी उहाँले समग्र कवितामा देशभक्ति वा राष्ट्रिय चेतना नारी चेतना, सामाजिक विकृति विसंगतिप्रति विद्रोह चेत र व्यङ्ग्यचे त रहेको बताउनुभयो । उहाँले प्रस्तुत सिर्जनाहरु लयढाँचाका दृष्टिले शास्त्रीयबद्ध, लोकलय र मुक्तलयका रहेको बताउनुभयो । उहाँले कविताका प्रवृत्तिको विश्लेष्ण पनि गर्दै नयाँ पुस्तालाई कसरी सिर्जनालाई राम्रो बनाउने भन्ने विषयमा विभिन्न उदारहण पनि प्रस्तुत गर्नुभयो । बत्तीसौँ शृंखलामा पनि प्रमुख अतिथिका रुपमा सहभागी भएको स्मरण गर्दै यस्ता अनुष्ठानले प्रतिभाको सिक्ने र सिकेर गरेको सिर्जना पोख्ने वातावरण दिएको उहाँले बताउनुभयो । उहाँले हरेक सिर्जना नयाँ आविष्कार हुने हुँदा पुराना र नयाँ पुस्ताका मानिस एकै ठाउँमा बसेर सिर्जना सुन्ने सुनाउने गर्ने क्रमले नयाँ आविष्कारमा बल पुग्ने विचार राख्नुभयो ।
कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि डा. शुभेच्छुलाई मायाको चिनोसहित सम्मान अर्पण गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि गोविन्दराज भट्टराईँले प्रकाश पार्नु हुँदै सबैमा धन्यवाद समेत ज्ञापन गर्नुभयो । कार्यक्रममा राजेन्द्र गजुरेलले स्वागत गर्दै राख्नुभएको थियो ।