भदौ १, विराटनगर । साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ। पुरस्कारको राशि जनही २१ हजार एक सय रुपैयाँ छ ।
शनिबार यहाँ आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २०८० सालको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान बालस्रष्टा सोइना दाहाललाई प्रदान गरे। पुरस्कारको राशि पाँच हजार छ।
त्यसैगरी, साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान–२०८० बाजुराका स्रष्टा विनो बाजुराली, साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान स्रष्टा सत्यदेवी खड्का, साहित्य सन्ध्या–हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान कृष्ण बजगाईंलाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनही दश हजार छ।
(रासस)