काठमाडौं, २०७८ फागुन २८ गते शनिबार । अभिनव साहित्य समाजले २४१ ओँ शृङ्खला अन्तर्गत २१ औं वार्षिकोत्सव र शिशिरविशेष कविगोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार श्री नगेन्द्रराज शर्मालाई अभिनव साहित्य समाजको तर्फबाट रु. दश हजार र सुरभि साहित्य प्रतिष्ठानको तर्फबाट रु. पाँचहजार समेत गरी रु १५,०००। सहित अभिनन्दन, श्री गोपाल अस्कलाई नगद रु. १०,०००। सहित वेदमणि अभिनव गजल पुरस्कार २०७८ र समाजसेवी श्री श्रीकृष्णराज पुडासैनीलाई समाजसेवा सम्मान प्रदान गरिएको थियो । अभिनव साहित्य समाजका अध्यक्ष श्री गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक श्री जगतप्रसाद उपाध्याय प्रेक्षित हुनुहुन्थ्यो । अतिथिहरूमा ठाकुरप्रसाद शर्मा, कणाद महर्षि, डिल्लीराज अर्याल, श्री नवराज पुडासैनी ज्योत्स्नालगायतका व्यक्तित्व रहनुभएको थियो । प्रमुख अतिथिज्यूले अभिनन्दन, पुरस्कार र सम्मान अर्पण गर्नूभयो । वहाँले आफ्नो मन्तव्यमा कविता निराशा जगाउने नभएर कर्तव्य सम्झाउने हुनुपर्ने कुरा व्यक्त गर्नुभयो । निराशावादी कविताले जीवनप्रति वितृष्णा जगाउने हुँदा कविले त्यस्ता कविता नलेख्न सुझाव दिनुभयो । त्यसै गरी वहाँले पुरस्कार स्थापना गर्ने, पुरस्कार प्राप्त गर्ने र अभिनन्दित व्यक्तित्वहरूको योगदानको चर्चा गर्नुभयो । वहाँले वाचित कविताको बारेमा बोल्दै लामा कविता लेखेर शब्दमात्र थुपार्नुभन्दा थोरै शब्दमा धेरै भाव आउने कविता लेखेर वाचन गर्नु उपयुक्त हुने बताउनुभएको थियो । यस्तै अन्य अतिथिज्यूहरूमा ठाकुरप्रसाद शर्माले कवितामा अभिनन्दित तथा पुरस्कृतहरूको बारेमा बताउनुभयो भने नवराज पुडासैनी ज्योत्सनाले पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वहरूको परिचय दिनुभएको थियो ।अन्य अतिथिहरूले आ–आफ्ना मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो । उपाध्यक्ष श्री विमल अर्यालको स्वागत मन्तव्य, शारदा पराजुलीको उद्घोषण, सचिव श्री परशुराम पराशरको समीक्षासहित आफ्नाे रचना वाचन गर्नुभएको थियो । कविता वाचनसमेत भएको यस कार्यक्रममा वाचन गर्नेहरूमध्ये देवीप्रसाद मिश्र, देवकी खतिवडा, शान्ती रिसाल र बी.पी. इलामेलाई उत्प्रेरक पुरस्कार प्रदान गरिएको थियो । अन्य कविता वाचन गर्नेहरुमा श्री सुशील आचार्य, भावना न्यौपाने, रोहित सैँजु, गोविन्द संगत महर्जन, ओम कोइराला, रमेश जंग थापा, अच्युत पौडेल चिन्तन, गङ्गाप्रसाद भेटवाल, माधव विडारी, बद्रीप्रसाद सुवेदी, मधुसूदनप्रसाद घिमिरे, दुर्गा अधिकारी भमरकोटे, रुद्र अधिकारी, सुरेशचन्द्र घिमिरे, वसन्त रिजाल, रामचन्द्र दहाल, मञ्जुश्री प्रधान केसी, चतुर्बाहु सिंखडा, रुकु कार्की, बाजुराम पौडेल, द्वारिका कुइकेल, सम्पत काफ्ले, निर्मलरमण पराजुली, पुष्पा धमला, राजेशमान के.सीलगायत ३८ जना कविहरू हुनुहुन्थ्यो । यस कार्यक्रममा ५१ जनाको उपस्थिति रहेको थियो ।
Facebook Comments Box