भदौ २६, काठमाडौं । पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ। चार लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कारका लागि कोषले आठ पुस्तक चयन गरेको हो ।
छनोटमा परेका पुस्तकहरूमा सिलिदुङ (गिलु रातोस), गोपीचा (विश्व कुइँकेल), आगोको पिदार (मिथोच), ओ पेङ्दोर्जे (राजु स्याङ्तान), चिया गफ (प्रवीण खालिङ– भारत), सपनाहरूको बही (अभागी थेगुवा), मुन्दुम ट्रेल (श्याम सामसोहाङ राई), त्यसरी त कहिल्यै सोचिएन (निर्भीकजंग रायमाझी) रहेका छन्।
यसभन्दा अघि ११ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेका छन्।