कात्तिक ३, ललितपुर । भैँसेपाटि को काठमाडौँ कफी मा आज बिहान ‘मासिक काव्य गोष्ठी शृङ्खला-३’ कविता वाचन र परिचर्चा कार्यक्रम गरी सम्पन भयो।

वरिष्ठ कवि स्नेह सायमी, मुक्तक/गजलकार बिटु केसी, कविहरु राजेन्द्र श्रेष्ठ, समीर पाख्रिन, गजलकार रिता बलामी, कविहरू धेनुलक्ष्मी सिँह, भानुप्रकाश जोशी, कथाकार/ कविहरु धीरकुमार श्रेष्ठ, विक्रमभक्त जोशी, गजलकार/ सञ्चारकर्मी दलसिँह बरायली, वरिष्ठ कवि तथा चलचित्र निर्माता/ निर्देशक प्रकाश सायमी, वरिष्ठ पत्रकार तथा कवि तारा बरालले कविता वाचन का साथै “आज वाचित रचनाहरु सुनेर आनन्दानुभूति प्राप्त गरेको छु” पनि  भन्नु भयो ।

 नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव तथा लेखक रामचन्द्रमान सिँह ले अमृत साइन्स कलेज पढ्दा ताका का साथि तारा बराल यस कार्यक्रम मा भेट भएको र त्यो बेला बराल सँगका साहित्यिक/ साँगितिक कार्यक्रमहरु गरेको रमाइलो सम्झना सुनाउनुभयो। “आजको कार्यक्रममा उपस्थीत भएर समसामयिक विषयका स्तरिय रचना सुन्न पाउँदा हर्षले विभोर भएँ” भन्नुभयो।

स्नेह सायमीले “कविले कविताको माध्यम बाट आफ्नो कुरा सम्प्रेषण गर्ने हुँदा थप कुरा अर्थात् रचनागर्भ भनिरहनु नपर्ने ” राय पनि ब्यक्त गर्नु भयो।

कार्यक्रमको परिकल्पनाकार रिता बलामी र राजेन्द्र श्रेष्ठ हुनुहुन्छ भने आजको आतिथ्य बिक्रमभक्त जोशीले गर्नुभएको थियो।

कार्यक्रमका प्रस्तोता प्रकाश सायमी को विद्वत् प्रवचन पछि विहानको खाजा र पुस्तक आदानप्रदान गरी कार्यक्रम समापन भएको थियो।

Facebook Comments Box

Similar Posts