पुस २९, काठमाडौं  । लेखक तथा साहित्यकार धीरकुमार श्रेष्ठका दुई कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण” सार्वजनिक हुने भएको छ । ऐतावती प्रकाशनले आयोजना गर्न लागेको उक्त कृति सार्वजनिकिकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौ, बागबजार स्थित पद्दमकन्या बुहुमुखी क्याम्पसको डेनिसहलमा माघ १ गते मंगलबार दिउँसो १ बजे सम्पन्न हुदैछ ।

शब्दाङ्कुर साहित्यप्रधान मासिकका प्रधान सम्पादक समेत रहेका श्रेष्ठका आरम्भ अर्थात शुरूवात कथासंग्रह(२०६३), घुर उपन्यास(२०६४), तन्द्रामा अमेरिका हाँस्तव्यग्य निबन्ध संग्रह(२०६५), जेब्राक्रसिङ सचित्र बालकथा(२०६५), हाते जाँतो खाए माम बालकथा संग्रह(२०६५), अग्लो घाँस तथ्य संग्रह(सन २०१०), नजन्मिनुपर्ने मान्छे कथा संग्रह(२०७०) बजारमा आइसकेका छन ।

सार्वजनिक हुदै गरेका दुई कृतिलाई ऐरावती प्रकाशनले बजारमा ल्याउने भएको हो ।

Facebook Comments Box

Similar Posts