निबा मिश्र
सानाठुला सपना बोकी
कक्षाकोठामा बस्नु
शिक्षकका कुरा बुझी
राम्रा सोचाइ राख्नु
साना साना कलमले ठुला ठुला पानामा कोर्नु
पाठ बुझी बेला बेला परीक्षा दिनु
अब्बल आउने सपना देखी
ठुलालाई सम्मान र सानालाई माया गर्नु
जीवनमा हार कहिल्यै नखानु
आफ्ना सपनालाई सीमित कहिल्यै नगर्नु
सधँै अघि बढनु र राम्रा काम गर्नु
सदा सदा परहित गर्नु
समयलाई खेर नफाल्नु
फूल फुले झैँफुल्नु
मिठो वासनाझैँ सुगन्धित हुनु
पर्छ बुझ्नु विधार्थी जीवन ।