अशोक रोका
(डुवर्स, भारत)
अभाव
बैठककोठामा सजाइएकामाटाका फलहरु
मेरो सानोछोरो सधैँ टोक्ने गर्छ
बजारमा बेच्न राखिएका आँपदेखाउँदा
‘बाबा, माटोको हो कि’ भन्ने गर्छ ।
आसक्ति
जीवनकाखीको पसिना गन्हाउँदागन्हाउँदै
हामी बुढा कुकुर भइसकेछौँ
रक्तहीन÷मांसहीनभेटिएका हाड टोक्दाटोक्दै
गिजाबाट फुटेको आफ्नै रगत
बडो मज्जा मानी मानी स्वाद लिएछौँ
न त जीवनमोह फ्याँक्नसकियो
न त शुष्क हाड नै त्याग्न सकियो ।
पुरस्कार
जीवन र मृत्युको निर्णायक दौडमा
चौतारी, भन्ज्याङ, उकालीओराली
जीवनयात्रामासरिक
जीवन र मृत्यु
जीवन अविरल लम्किरहयो
मृत्यु घस्रिरह्यो
निर्णायक मोडमा जीवन प्रथम
प्रशंसाको ताली
जोड जोडले बजाइयो
स्याबासीको ढाड थप्थपाइयो
विजेतालाई फूलमाला लगाइयो
पुरस्कार
एउटा सन्चो मृत्यु
हातमा थमाइयो