नन्दु उप्रेती

दर्द भो दर्द भो आँसुका चोटको
सर्म भो बाँच्न नै माल भै खोटको ।

चम्क लौ चम्क लौ देशका चाँद हो
फाल लौ रात यी पापका नोटको ।

चाँदनी टाढिदा पीरले आत्तिदै
थाम लौ त्यो खुसी प्रीतले ओठको ।

धीर भै नायकी चालले चम्कदै
मेट लौ नक्कली लेप त्यो कोटको ।

देशले पर्खदै भन्छ खै छौ कहाँ
फूल नै बन्दिनू हर्षका बोटको ।

Facebook Comments Box

Similar Posts