राधा कार्की

तामझामका साथ उभिएको
बुढो रूखका हाँगा र पातहरुले
थुप्रै बुट्यानलाई अतिक्रमण गरेर
बहादुर साबित गर्दै थिए !

समयको हुन्डरीले हानेपछि
गल्र्याम्म ढल्यो बुढो रूख
र बर्सौंदेखि सेप सहेका बुट्यानहरु
पारिलो घामसँगै मुस्कुराउन थाले !

ढकमक्क फक्रिएका फूल देखेर
मेरी आमाले !
सहस्र खुसीको मजेत्रो ओढिन् ।
पूmलवैm हत्या गर्न
तम्सिएका थिए– फूलको सुगन्ध दुत्कार्नेहरु
आमाले तयार पारेको
कालो सूचीमा अङ्कित थिए तिनै नक्कली मालीहरु
यतिखेर म सम्झिरहेछु
ती हजारौँ मुहारको खुसी !
हो आमा !
इतिहासको अघिल्तिर उभिएर
आज म तिनै बुट्यानहरुको
शिरमा पोखिएको घाम हेरिरहेछु !

 

Facebook Comments Box

Similar Posts