जेठ १३, ललितपुर । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा चिया कविता श्रृङ्खला–२ कार्यक्रम महालक्ष्मी नगरपालिका वडा नं.३ इमाडोल, ललितपुरस्थित बोझेपोखरीमा कवि शैलेन्द्र साकारको प्रमुखआतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रमा निवन्धकार निर्मोही व्यास, गजलकार ज्ञानुवाकर पौडेल, कविहरू कृष्ण प्रधान, दिव्य गिरी, महेश प्रसाइँ, नारायण तिवारी, मणिराज सिंह, भवानी खतिवडा, यमुना प्रधान, पवित्रा अधिकारी, रञ्जु दाहाल, श्रीराम पाण्डे, नानीमैयाँ धिकारी, श्रीराम पौडेल, लक्ष्मीदास मुस्कान, कृष्णबहादुर बिष्ट, मनोज श्रेष्ठ, राजेश्वरी बगाले, सुधा शर्मा, बुद्धिमान महर्जन, विमुन्स पौडेल र सुधा मिश्रसहित दुई दर्जन कविहरूले काव्य वाचन गर्नुभयो ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त काव्य गोष्ठीमा प्रमुखअतिथि शैलेन्द्र साकारले कविता उपदेशात्मक भन्दा पनि सन्देशमूलक र प्रभावकारी हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । सभापति मणिराज सिंहले यस प्रकारको “कफि कविता“ या “चिया कविता” सिक्किमतिर पनि सञ्चालन हुने गरेको र ज्योति प्रतिष्ठानले पनि साहित्यलाई गाउँस्तरसम्म लैजानको निम्ति “चिया कविता श्रृङ्खला”को आयोजना गरिएको जानकारी गराउनु भयो । कार्यक्रमलाई सुधा मिश्रले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments Box

Similar Posts