डा. श्यामप्रसाद न्यौपाने
(सुनवल १२, नवलपरासी)

शासन पद्धति उस्तै छ अझै
शासकको मति उस्तै छ अझै ।

चेहरा बदलियो त के भयो
व्यवस्थाको गति उस्तै छ अझै ।

अगुवाको महल ठडियो सहरमा
जनताको दुर्गति उस्तै छ अझै ।

भगवा पहिर्यो  रे उसले तर
कामको छट्पटी उस्तै छ अझै ।

मुर्दा शान्तिमा के मखलेल हुनु
धनजनको क्षति उस्तै छ अझै ।

जुनै तन्त्र आए पनि के भो र
नियाको परिणति उस्तै छ अझै ।

Facebook Comments Box

Similar Posts