पद्मा रिजाल
(बाँके)
पूर्णिमाको चाँदनीझैँ जिन्दगी होस्
खुसबुयुक्त माधवीझैँ जिन्दगी होस् ।
सोच्छ यो मन हरघडी आफ्नै विषयमा
दर्द मेट्ने ओखतीझैँ जिन्दगी होस् ।
कस नलागोस् कर्म गर्ने पाखुरीमा
बाटिकाका माहुरीझैँ जिन्दगी होस् ।
बाँसुरीले विश्वको मन जित्न सक्ने
कृष्णजीको जिन्दगीझैँ जिन्दगी होस् ।
हर समय म शान्त जीवन जिउन पाऊँ
यत्ति भन्छु हिमनदीझैँ जिन्दगी होस् ।


