भोगेन्द्र लिङ्देन
(हाल क्यानबेरा, अष्ट्रेलिया)

थाहा छैन बग्दाबग्दै खोला सुक्छ कि पानी
थाहा छैन समयसँगै रहर सुक्छ कि जवानी ।।

दोबाटोमा अनेक सहयात्रीहरू भेटिएकै हो
थाहा छैन यहाँ याद मर्छ कि माया बिरानी ।।

साथहरू छुटेपछि यादमात्रै रहने बाँकी
थाहा छैन रातभरि आँखा भिज्छ कि सिरानी ।।

समयसँगै धुमिल भईजाने सम्झनाका पलहरू
थाहा छैन जीवनमा चाहना घट्छ कि बानी ।।

सुन ए सुटुक्क अस्ताएर चटक्क छोडीजानेहरू
थाहा छैन के छोड्यौ यहाँ व्यथा कि कहानी ।।

Facebook Comments Box

Similar Posts