भदौ ३, काठमाडौँ । कवि तथा स्रष्टा कवि मञ्जुल मितेरीको ‘कामी’ कवितासङ्ग्रहको दोस्रो संस्करणको विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मधुमल्ला पार्टी प्यालेसमा एक भव्य कार्यक्रम गरी सङ्ग्रग्रहको विमोचन कवि मञ्जुल मितेरीका पिता ईन्द्र बराइली, मञ्जुलकी जीवन संगिनी कौशिला राई र कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनराज शेर्माले संयुक्त रुपमा गर्नुभएको हो ।

परिचर्चा कार्यक्रममा कविहरू सीमा आभास, मनोज लोहार, कृष्ण उदाशीले सङ्ग्रहमाथि परिचर्चा गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कवि ज्योति भट्टराईले गर्नुभएको थियो ।

प्राज्ञ मुनराज शेर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा झापा, मोरङ, इलाम, सुनसरी र पाँचथरका करिब ५ दर्जन कवि तथा साहित्यकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गगन योक्पाङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मिक्लाजुङ साहित्य समाजको अयोजनामा भएको कामी कवितासङ्ग्रहको दोस्रो संस्करण विमोचन तथा परिचर्चा कार्यक्रममा स्वागत मन्तव्य मिक्लाजुङ साहित्य समाजका पूर्व अध्यक्ष कवि कमल मिश्रले र कार्यक्रम सञ्चालन कवि चन्द्र नेपालीले गर्नुभएको थियो ।

Facebook Comments Box

Similar Posts