भदौ १७, काठमाडौं । कवि हिकमत सिंह ऐरको कविताकृति ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा: कवितामय फन्को देशको !’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, साहित्यकार शंकरप्रसाद कोइरालालगायत व्यक्तिले कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री साउदले कवि ऐरका कवितामा सिंगो मुलुक भेटिने बताए । उनले भने, “कवि ऐरका कविता प्राकृतिक अवस्थामा रहेको छ । यसमा प्रयुुक्त भावमा धेरै रङरोगन गरिएको छैन ।”

साहित्यकार कोइरालाले ऐरले पर्यटनलाई साहित्यसँग जोडेको उल्लेख गरे । कृतिभित्रका कविता सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उनको भनाइ थियो ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार चेतनाथ कणेल ‘हरित’ले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कृति सन्देशमूलक रहेको बताए । अर्का समीक्षक यज्ञराज उपाध्यायले मुलुकको सौन्दर्य कविका कवितामा झल्किएको बताए ।

आफूले गरेको सातै प्रदेशको भ्रमणबाट कविताकृति जन्मिएको ऐरले बताए ।

Facebook Comments Box

Similar Posts