प्रेम सेर्मा माङजाबुङ्गे

प्रजातन्त्र भोग्नेलाई अमन भयो
भन्नेहरू भन्थे प्रतिगमन भयो ।

सहिदको सपना खोज्दै लोक हिँड्दा
फेरि पनि त्यहीनेर दमन भयो ।

एकापसमा निगरानी गर्दागर्दै
हुलका हुल गस्तीहरू रमन भयो ।

विश्वासको सङ्कट यहाँ पलाएर
कलम बाँध्न तिमीबाट समन भयो ।

सर्पलाई दूध ख्वाई पालेर हो कि
प्रेमको फल विष वमन भयो ।

(शब्दाङकुर साहित्यप्रधान मासिकको २०६४ असार अंकमा प्रकाशित)

Facebook Comments Box

Similar Posts