विष्णुकला राई
शान्त समुद्रको छेउमा
टहलिरहेको म एउटा यात्री
प्रचण्ड गर्मी, न छाता, न कुनै छहारी
घरी घरी मात्तिएर आउँछन् समुद्रका छालहरु र
तोडिदिन्छन् गर्मीका घमन्डी ढालहरु
निमेषमै रूझाएर जान्छन्
मेरो तन मन
म चुपचाप स्विकार्छु
तिम्रो मायाजस्तै ।
न त यो आँखाले उसको गहिराइ नाप्न सक्छु
न त अँजुलीमा अँटाउन सक्छु
न त सप्पै पिएर आफूभित्रै सिञ्चित गर्न सक्छु
सधैँ बहकिरहने उसको स्वभाव
कतै टक्क रोकिने हो कि भन्ने यो मनको भाव
तिम्रो मायाजस्तै
तिम्रो मायाजस्तै ।