असोज ११, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे ।

सो अवसरमा कुलपति राईले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको बताए । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्‍याउने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञान लगायतका पुस्तकहरू राखिएको छ । यस पुस्तक प्रदर्शनीमा शब्दकोशबाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।

उता, साझा प्रकाशनले पनि आफ्नो केन्द्रीय कार्यालय पुलचोक तथा शाखामा यसै सातादेखि पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।

 

Facebook Comments Box

Similar Posts