– कालीप्रसाद रिजाल

सागरमा सुनामीको लहर उठेजस्तै
त्यसै छाल उठ्छ मेरो मनमा पनि त्यस्तै…

बाहिर हेर्दा हाँसेको छु शान्त अनि चुप
भित्र मेरो हल्लीखल्ली अर्कै छ नि रुप

चैत मास हुरीबतास आँधी चलेजस्तै
त्यस्तै आँधी चल्छ मेरो मनमा पनि त्यस्तै…

आँखाबाट पोखिएर आँसु भयो पानी
यसरी नै बित्ने भयो मेरो जिन्दगानी

फैलिएर बनमा हुरहुर आगो लागेजस्तै
त्यस्तै आगो बल्छ मेरो मनमा पनि त्यस्तै…

सागरमा सुनामीको लहर उठेजस्तै
त्यस्तै छाल उठ्छ मेरो मनमा पनि त्यस्तै…

 

Facebook Comments Box

Similar Posts