राजाराम राउत
(महालक्ष्मी, ललितपुर)

मैले चढेको रेल
म गन्तव्यमा पुग्न नपाउँदै
डिब्बा छुट्यो
विदेशको यात्रा
न भाषा बुझ्छु न ठाउँ नै थाहा छ
गालामा दुवै हात लगाउनुसिवाय
आखिर के पो गर्न सक्छु र ?

निकै प्रयत्नपछि
अर्को एउटा रेल आयो
ड्राइभरले हेल्परलाई
डिब्बा जोड्न अह्रायो
उसले सुनेको नसुन्यै गर्यो
‘डिब्बा जोड भन्या सुनिनस् ?’
ड्राइभरले हेल्परलाई हप्कायो
हेल्पर आएर डिब्बा जोड्यो
आखिर ढिलै भए पनि म स्टेसनमा पुगेँ ।

उसको धर्म हो वा कर्तव्य पूरा गर्यो
त्यो म जान्दिनँ
के म यसलाई भगवान् भरोसा मानौँ ?
रक्सौल पुगेपछि अगाडिको ड्राइभरले
ए ! तपाईं आइपुग्नुभयो भनी प्रश्न गर्यो
अँ, म आएँ भनेँ
डिब्बाबाट ओर्लेपछि सहयोगी चालकलाई
धन्यवाद टक्य्राएँ
उसले पनि पूर्ण सूचकमा मुन्टो हल्लायो
बस ! म आफ्नो गन्तव्यतर्फ लागेँ ।

सहयोगी मनहरुमा
भाषा बेग्लै भए पनि दाता एउटै हुन्छन्
धर्म फरक रहे पनि तीर्थ एकै देखिन्छन्
कोही अल्लाह पुकार्छन्
कोही जय मसी गाउँछन्
हिन्दु धर्मको संस्कार
दश औँला जोडी चढाउँछौँ
बितेको इतिहासलाई
धानचामलसरि केलाउँछौँ
त्यसैले त हामी नेपाली हौँ ।

Facebook Comments Box

Similar Posts