कोइराला सूर्यकिरण
(बेलबारी ८, मोरङ, हाल: मूलपानी, काठमाडौँ)
पारिपट्टि तिमी थियौ, सामुन्नेमा पर्खाल थियो
इसाराले सङ्केत गरेँ, बायाँपट्टि झ्याल थियो ।।१।।
बाहिरपट्टि सिरेटो छ, भित्री मन हरहर छ
नजर परे कसैको त्यहाँ निन्दा गर्ने ख्याल थियो ।।२।।
बाटो लाग्यो दुर्गम छ, को पुग्छ र सुरक्षित छिन्
यदाकदा पदचाप कतै चुहेको त्यहाँ र्याल थियो ।।३।।
हिमाल थियो, पहाड थिए, छिचोल्नु थियो खोचहरु
मन भन्छ सिल्ली बनूँ छोपिने त्यहाँ त्रिपाल थियो ।।४।।
जीवन जोड्ने मौका थियो चुनौती थिए कदम कदम
यदि पछि परेँ भने, ढुकिरहेको स्याल थियो ।।५।।