चन्द्रप्रकाश नेपाल
(रूम्तेक, दुर्गामन्दिर, भारत)

कश्मिर छटा मन मुग्ध हुने
गगनचुम्बि हिमाल् नभलाई छुने ।
कटरा यसको बस बिसाउने पनि
नगर जम्बु भनि सब जाने अनि ।।

हिँडे पैदल यात्रु भइ जमिनि
वर वृक्षलता झरझुट्ट पनि ।
भरि मार्गविसे झलमल्ल सहर
अनि जाग्यो वदन् बीस वर्षे लहर् ।।

दिन हो कि त रात सब एक समान
निभेन बत्ति कतै दिनरात तमाम ।
भिडभित्र कतै छ हराउने डर
तर पनि सबको वैष्णोदेवी भर ।।

कति पाल्की पिठू घोडा ठेला गाडि
व्यस्त हिँडाइमा सब छन् अगाडि ।
रिसराग कपट् छल छैन त्यहाँ
खुला ढोका सबै अनभिज्ञ जहाँ ।।

वैष्णवी माताको भेट र दर्शन् गरि
अनि चढी शिर भैरवलाई फेरि ।
तिल तेल र धुप सुगन्ध भरि
ओरालि मार्ग भयो तब शान्ति छरि

Facebook Comments Box

Similar Posts