नवीनचन्द्र घिमिरे
(लमजुङ)
म त तिम्रो मदन हजुर तिमी मेरी मुना
बास बस्न आऊ मेरो हृदयको कुना ।
जुनेलीझैँ रङ्ग तिम्रो जूनै चोर्यौ कि त
जूनसँग उज्यालो नै पैँचो माग्यौ कि त
लोभलाग्दो हाँसो अनि बोलीभित्र टुना
बास बस्न आऊ मेरो हृदयको कुना ।
हिजोजस्तो छैन आज बेथा चर्कै भयो
नदेखेमा के हुन्थ्यो खै देख्दा अर्कै भयो
आफ्नोभन्दा तिम्रो माया लाग्छ गुना–गुना
बास बस्न आऊ मेरो हृदयको कुना ।।