जेठ २, काठमाडौं । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । साहित्य सदन नेपालद्वारा आयोजित कार्यक्रममा प्रा. डा. रामप्रसाद ज्ञवालीलाई गोपाल प्रसाद रिमाल पुरस्कार २०८१ ले सम्मान गरिएको हो ।
सदनको प्रेक्षालय बौद्ध , काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. देवी नेपालले पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो भने कवि तथा नाटककार रिमालका बारेमा साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले बोल्नु भएको थियो ।
कार्यक्रममा जनगायक रामकृष्ण दुवालले “एक जुगमा एकदिन” गीत प्रस्तुत गर्नु भएको थियो भने रमेशप्रसाद खनाल र सुनिता बुढाथोकीले रिमालको कविता गर्नु भएको थियो । उक्त अवसरमा रिमालद्वारा लिखित नाटक “मसान”को नाट्यांश समेत प्रस्तुत गरिएको थियो |
कार्यक्रममा वरिष्ठ चिन्तक निनु चापागाई, प्रा. जगतप्रसाद उपाध्याय, पुरस्कृत व्यक्तित्व ज्ञवाली, रिमाल सुपुत्र मदन रिमाल, प्रा. डा. हेमराज पौडेल, बसन्त रिजाल लगायतले बोल्नु भएको थिए ।