महेश प्रसाईं
स्टेटको ‘आइकन’ चिनारीबाट
हालीमुहाली थिए कति तामझाम
र रेशमी उत्तेजना,
अन्तर्राष्ट्रियवादका, पर्देशी बुतामा,
के थाहा कालान्तरसित
द्वन्द्वित समयचव्रm
वाक्पटु नाक बजाउँदै
गलाको पासो
जादुई पासाले प्रताडित हुने गर्छ,
शत शत मातृवन्दनालाई नाघेर
हिउँमा टेक्ने यात्रीछाया
‘स्टेटलेस’ जब हुन्छ
जन्मदिन मनाउने दुस्साहस
सायद गर्दैन,
ममताको आँचल
पुत्रवती भएको विषयले भन्दा
विमातृ भावले बढी
विह्वल हुनुपर्ने, एक्लो दुःखान्त,
ऊ सदनबाट
बाहिरिँदै गरेको समाचारसित
नागरिकता विघटनको
दुर्घटना थियो ।