श्यामकृष्ण मास्के
प्रेममा पागल भएको छु म जे पनि त्याग्न सक्छु
आफ्नै प्राणको पनि म सौदाबाजी गर्न सक्छु ।
तिम्रो मुहारमा मैले चन्द्रसूर्य पनि फिक्का देख्छु
खै किन त्यो काली रुपमा पनि अप्सराझैँ देख्छु ।
तिमीले मलाई भन म जे पनि वाचा गर्न सक्छु
बुद्धले दरबार छाडेझैँ घरपरिवार छाडन सक्छु ।
दिनमा ‘नि रातमा ‘नि तिम्रै मात्र सपना देख्छु
सपनीमा तिमीलाई अँगालोमा बाँधिएको देख्छु ।
प्रेममा पागल भएको छु म जे पनि त्याग्न सक्छु
आफ्नै प्राणको पनि म सौदाबाजी गर्न सक्छु ।