अरविन्द कुमार यादव ‘कवि’
(राजविराज कारागार, सप्तरी)
मिलनका ती अन्तिम रातहरुले आज मलाई सताइरहेछन्
सफरमा छुटेका ती हातहरुले आज मलाई सताइरहेछन्।
अभावैअभावले भरिएका मेरा यी दुःखका दिनहरुमा
खुसीले बितेका ती साथहरुले आज मलाई सताइरहेछन्।
हावाहुरीले उजाड बनाएको यस जीवनका यी घरआँगनीमा
यो वसन्तका फूलपातहरुले आज मलाई सताइरहेछन्।
आफूलाई आफ्नै परिबन्दले यसरी जेल सजाय दिलाएपछि
कैदीबन्दीका नराम्रा बातहरुले आज मलाई सताइरहेछन्।